नियम १८०
धरौटी रकम अन्य प्रयोजनको निमित्त खर्च गर्न नहुने
(१) यस नियमावलीमा अन्यथा व्यवस्था भएकोमा बाहेक धरौटी रकम अन्य काममा खर्च गर्न हु“दैन । धरौटी खाताको रकम व्यक्तिगत प्रयोगमा खर्च गरेको देखिएमा वा यस नियमावली बमोजिम समयमा दाखिला नगरेमा विगो र विगो सरह हर्जाना समेतको रकम अधिकार प्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुखबाट दामासाहीले असुल उपर गरिनेछ  यसरी असूल हुन आएको हर्जाना रकम सम्बन्धित स्थानीय निकायको कोषमा दाखिला गरिनेछ ।
(२) धरौटी खाताबाट सोधभर्ना हुने गरी सापटी लिनु हु“दैन । सापटी लिएमा सापटी सोधभर्ना गराउने दायित्व आदेश दिने अधिकारीको हुनेछ । त्यस्तो पदाधिकारीले पाउने पारिश्रमिक वा सुविधा वा घरघरानाबाट सापटी लिएको रकम र रकमको वार्षिक दश प्रतिशत ब्याज असूल गरी सम्बन्धित स्थानीय निकायको कोषमा आम्दानी बा“धिनेछ ।